Logo १५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025


चक्रवात डिट्वाको कारण भारतीय राज्यहरु उच्च शतर्कतामा


273
Shares

एजेन्सी ।
सर्कवाती आँधी डिट्वाले भारी वर्षा ल्याएकोले अधिकारीहरूले भारतको तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका तटीय क्षेत्रहरूमा रेड अलर्ट जारी गरेका छन् ।

चक्रवात डिट्वाले यी भारतीय राज्यहरूमा तटीय क्षेत्रहरूतर्फ निरन्तर अगाडि बढ्दै जाँदा अधिकारीहरूले ठूलो मात्रामा राहत कार्यहरूदेखि उडान रद्ध गर्ने र स्कूल र कलेजहरूको लागि जिल्लाव्यापी बिदा सूचनाहरूसम्म धेरै मोर्चाहरूमा तयारी बढाएका छन् ।

गत शुक्रवार छिमेकी श्रीलंकामा चक्रवातले ठूलो विनाश निम्त्याएको थियो । जसमा १५३ जनाको मृत्यु भएको, अन्य १९१ जना बेपत्ता भएको बताइएको छ । देशभर आधा लाखभन्दा बढी प्रभावित भएको बताएका छन् । देशले आपतकालीन अवस्था घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ ।

भारतको चेन्नई र यसका छिमेकी क्षेत्रहरू र पुडुचेरीमा शनिवार साँझ भारी वर्षा भएको थियो । रिपोर्टअनुसार चक्रवातको आगमन र मौसम विभागको अत्यधिक भारी वर्षा र तेज हावाको पूर्वानुमानलाई ध्यानमा राख्दै चेन्नई विमानस्थलका अधिकारीहरूले ५४ वटा निर्धारित उडानहरू रद्ध गरेका छन् ।

मदुरै, तिरुचिरापल्ली, थुथुकुडी, सलेम, बेंगलुरु, हैदराबाद र जाफना जस्ता गन्तव्यहरूमा उडानहरू प्रभावित भएका छन् । अधिकारीहरूले माझीहरूलाई समुन्द्रमा नजान आग्रह गरेका छन् ।

तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीमा विपद् व्यवस्थापन टोलीहरू शतर्क रहनुपर्नेछ । विपद् प्रतिक्रिया कर्मचारीहरू पनि तैनाथ गरिएको छ र केहीलाई कुनैपनि परिस्थितिको सामना गर्न तयारी अवस्थामा राखिएको छ ।