Logo १५ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025


कस्ताे रहला आजकाे माैसम


26
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव रहेको जनाएको छ ।

जसका कारण देशका उच्च पहाडी तथा हिमाली भू-भागका साथै कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।