Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


मुलुकमा शान्ति र समृद्धिको कामना गर्दै कालभैरव महायज्ञ जारी


143
Shares

काठमाडाैं। काठमाडाैंकाे हनुमानढोकामा मुलुकमा शान्ति र समृद्धिको कामना गर्दै कालभैरव महायज्ञ जारी रहेकाे छ।

देशमा राजनीतिक स्थायित्व होस् र शान्ति मिलोस् भन्ने कामना गर्दै कालभैरव महायज्ञ सञ्चालन गरिएको हो । युवा विश्व हिन्दु महासंघ हनुमानढोकाका अध्यक्ष राजन महर्जनको संयोजकत्वमा मुलुकमा शान्ति र समृद्धि कायम होस् भन्ने कामनाका साथ महायज्ञ गरिएको हो।

महायज्ञ ८ दिनसम्म सञ्चालन हुने भएकाे छ। हनुमानढोका अवस्थित कालभैरवको मूर्ति १६ औं शताब्दीका राजा प्रताप मल्लले न्यायको मूर्तिका रुपमा स्थापना गरेको इतिहासमा उल्लेख छ। भैरबको हँसिलो अनुहारको स्वरुपको यो एकमात्र मूर्ति हो।

कालभैरवका यो मूर्ति शान्ति र न्यायका एकमात्र स्वरुपको मूर्ति भएको मानिन्छ।