Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


विवादास्पद ब्यपारी भट्टको घरमा सीआईबीको छापा

ठूलो मात्रामा शंकास्पद कागजात नियन्त्रणमा

13.9k
Shares

काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरोले विवादास्पद व्यपारी दिपक भट्टको घरमा छापा मारेको छ।

ललितपुरको सानेपा किरण भवनस्थित भट्टको निवासमा सीआईबीको टोलीले आइतबार अपरान्ह छापा मारेको हो। उनको घरबाट सीआईबी टोलीले एउटा पिकअप भ्यानभरी शंकास्पद कागजात नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ। भट्टविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागमा आर्थिक अपराधसम्बन्धी उजुरीहरु विचाराधीन रहेका छन्।

भट्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। जेनजी आन्दोलनपछि गठीत सरकारलाई पनि भट्ट समूहले प्रभावित गरी आफू विरुद्धको अनुसन्धान रोक्ने प्रयास गरिरहेको समयमा सीआईबीले छापा मारेको हो।