Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


नेकपा हाम्रो आत्मालोचनाको परिणाम: संयोजक दाहाल

अब देशमा देखिएका समस्याकाे समाधान गर्नेतर्फ केन्द्रित हुने

143
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टी आफूहरुको आत्मसमीक्षाको परिणाम भएको बताउनुभएको छ।

पोखरामा आइतबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरुको आत्मालोचना भएको समेत जिकिर गर्नुभयो। विगतमा भएका कमजोरीहरुप्रति आफूहरुले आत्मसमीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिवद्धता समेत जनाउनुभएकाे छ।

संयोजक दाहालले यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरु एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दावी गर्नुभयाे। अब देशमा देखिएका समस्याहरु समाधान गर्नेमा केन्द्रित हुने उहाँकाे भनाइ छ।

संयोजक दाहालले देशमा अहिले असाधारण परिस्थिति रहेको बताउनुभयो।