Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


‘सिंहदरबार बुख्याँचाका लागि होइन, केपी ओलीको रिस देशको सार्वभौमिकतामाथि नपोखौं’: अध्यक्ष ओली

अन्यायको पक्षमा उभिने व्यक्ति नै जनताको प्रतिनिधि

260
Shares

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार एघारौं राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो। देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै उहाँले संवैधानिक बाटोमा देशलाई फर्काउन सबै लाग्नुपर्नेमा जाेड दिनुभयो। असंवैधानिक ढंगले विघटित संसद पुनःस्थापना हुनु आवश्यक रहेको उहाँकाे दावी छ। संसद पुनःस्थापना भयो भने बर्बाद हुन्छ भन्ने गरिएको भन्दै अध्यक्ष ओलीले बर्बाद हुन्छ भनेर संसद विघटन गरेको भन्दै प्रश्न समेत गर्नुभयो।

अन्तरिम सरकारप्रति लक्षित गर्दै उहाँले अनिर्वाचित बुख्याँचाहरु तरकारी बारीमा नै ठिक रहेको टिप्पणी गर्नुभयो । सिंहदरबार कसैले लगेर किलोमा राखिदिने बुख्याँचाको लागि नभएको उहाँको भनाइ छ। उहाँले आधिकारिक लोकतान्त्रिक मूल्य मान्यताको हैसियत भएकाहरुको स्थल सिंहदरबार भएको बताउनुभयो । उहाँले केपी ओली र एमालेसँग रिस उठ्यो भन्दै संविधान, देश, विकास, सुशासन र सार्वभौमसत्तामाथि रिस नपोख्न आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले अन्यायको पक्षमा उभिने व्यक्ति नै जनताको प्रतिनिधि भएको बताउनुभयो । निर्वाचन जितेर मात्रै प्रतिनिधित्व नभइने भन्दै जनताको पक्षमा उभिनसक्नुपर्नेमा उहाँकाे जाेड छ।