Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ


2.5k
Shares

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेका छन्।

प्रहरीले आर्थिक अपचलनको आरोपमा शेरचनलाई आइतबार पक्राउ गरेकाे हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शेरचनलाई नियन्त्रणमा लिएको जनाएकाे छ। यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए। विरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिनुभएकाे थियाे।

भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका कार्यकारी अधिकृत शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।