Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


फिलिपिन्समा ठूलो भ्रष्टाचार काण्डविरूद्ध हजारौं नागरिक सडक प्रदर्शनमा


208
Shares

एजेन्सी। फिलिपिन्समा रोमन क्याथोलिक चर्चका पादरीहरूसहित हजारौँ नागरिक बाढी नियन्त्रण परियोजनामा भएको ठूलो भ्रष्टाचार काण्डविरुद्ध सडकमा उत्रिएका छन्।

प्रदर्शनकारीहरूले आइतबार देशलाई नै हल्लाइदिएको अनियमिततामा संलग्न शीर्ष सांसद र सरकारी अधिकारीहरूलाई तत्काल मुद्दा चलाउन र चोरी भएको रकम फिर्ता गराउन कडाइका साथ माग गरेका हुन्। वामपन्थी समूहहरूले मनिलाको मुख्य पार्कमा आयोजना गरिएको छुट्टै विरोध प्रदर्शनको नेतृत्व गर्दै सबै दोषी प्रमाणित अधिकारीहरूले तुरुन्तै राजीनामा दिई कानूनी कारबाहीको सामना गर्नुपर्ने दावी गरेका छन् ।

उता, राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले उष्णकटिबन्धीय एसियाको बाढी–पीडित द्वीपसमूहमा घटिया, अपूर्ण वा अस्तित्वविहीन बाढी नियन्त्रण योजनाका कारण उत्पन्न सार्वजनिक आक्रोश शान्त गर्ने प्रयास जारी राख्नुभएकाे हाे।