Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा एकताको खाँचो: अध्यक्ष श्रेष्ठ


78
Shares

काठमाडाैं। गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताउनुभएको छ।

काठमाडाैंमा आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले सहमति,सहकार्य र एकताको खाँचो औँल्याएर नै संघको एकता गरिएको बताउनुभएको हो। उहाँले विभाजनको कारण संघ विगत चार वर्ष अत्यन्तै कठिन परिस्थितिमा पुगेको बताउनुभयो। अफ्ठ्यारो परिस्थितिलाई एकता गरेर आफूहरुले देशमा नयाँ सन्देश दिन खोजेको अध्यक्ष श्रेष्ठकाे भनाइ छ।

संघमा मात्रै नभएर समृद्ध नेपाल निर्माणका लागी नेपालका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था सबैतिर सहमति, सहकार्य र एकताको खाँचो रहेको उहाँले उल्लेख गर्नुभयो। साेही एकताको नेतृत्व संघले गरेको उहाँको भनाइ छ। एकीकृत संघ अब समृद्ध नेपाल निर्माणको लागी लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो।

विदेशमा रहेका ज्ञान, सिप र पूँजी नेपाल भित्र्याउने अभियान यो एकताबाट शुरु भएको उहाँले बताउनुभयो। विभाजनले संघका मुद्दा कमजोर बन्नुका साथै नेपालमा लगानी भित्र्याउन पनि समस्या भएको अध्यक्ष श्रेष्ठ बताउनुभयो।