Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


आन्तरिक विवादमा फस्दै कांग्रेस (भिडियो रिपाेर्ट)


247
Shares

काठमाडाैं ।

जेनजी आन्दोलनपछि पार्टीलाई कसरी अगाडी बढाउने भन्नेमा कांग्रेस अलमलमा छ ।

पार्टी सञ्चालनको आधार तय गर्त असोज २८ देखि सुरु भएको केन्द्रीय समिति बैठक दुई महिना पुग्न लाग्दा पनि कुनै निष्कर्षमा पुगेको छैन ।

विशेष की नियमित महाधिवेशन भन्नेमा अल्झिएको कांग्रेसले समस्याको गाँठो फुकाउन सकेको छैन । महाधिवेशनको माग गर्ने र तत्काल सम्भव छैन भन्ने कांग्रेसभित्रका प्रवृत्तिले एक अर्काको अस्तित्व स्विकार गर्न नसक्दा पार्टी फूट सम्मको स्थितीमा जाने जोखिममा छ।

असोज २८ गते सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक सुरु गर्दै कार्यवाहकको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई दिए । तर त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरुले आफ्नो बह पोख्ने बाहेक केही भएन ।

लाज छोप्न एक महिनापछि निर्वाचनमा जाने निर्णय गरेको कांग्रेस नेतृत्व परिवर्तनको विषयमा रुमलिएको छ । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा यहीँ नेतृत्वमा निर्वाचनमा जान नसकिने अडानमा रहँदा संस्थापन पक्ष निर्वाचन अघाडी नेतृत्व परिवर्तन नहुने हटमा छन । जसले कांग्रेसलाई संकटको घडीमा धकेलेको छ ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिहं केसीले विवादको मुल जरो भनेको महाधिवेशन नै हो । तर संस्थापन पक्षले फागुन २१ अगाडि महाधिवेशन सम्भव नभएको तर्क छ । विधान अनुसार १ वर्षको समय थप्ने आधार भएकाले सोही अनुसार अगाडि जानुपर्ने सो पक्षका नेताहरु बताउँछन् ।