Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


रुस-युक्रेन युद्ध विरामकाे लागि वार्ताको प्रयास तीव्र


611
Shares

काठमाडौं ।
रुस–युक्रेन युद्ध रोक्नका लागि वार्ताको प्रयासले तीव्रता पाएको छ ।

यसका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफसँग भेट गर्न युक्रेनी प्रतिनिधिमण्डल आज अमेरिका पुगेको हो ।

युक्रेनी प्रतिनिधिमण्डलले फ्लोरिडामा अमेरिकी नेताहरूसँग रुससँग युद्धविरामको योजनाबारे छलफल गर्नेछ। यस बैठकमा राष्ट्रपति ट्रम्पका सल्लाहकार जारेड कुश्नर पनि सहभागी हुनेछन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफू युद्धविरामका लागि तयार रहेको संकेत गर्नुभएको छ । जेलेन्स्कीले आइतवार एक विज्ञप्तिमार्फत अमेरिकाले रचनात्मक दृष्टिकोण देखाएको कारण युद्धको सम्मानजनक अन्त्य सम्भव रहेको बताउनुभएको छ ।

जेलेन्स्कीले सोशल मिडिया प्लेटफर्म एक्समा लेख्दै जेनेभा बिन्दुहरूमा आधारित वार्ता जारी रहने पनि उल्लेख गर्नुभएको छ । युक्रेनी प्रतिनिधिमण्डलसँग आवश्यक निर्देशनहरू रहेको र मानिसहरूले युक्रेनी प्राथमिकताहरू अनुसार कार्य गर्ने आशा पनि उहाँले ब्यक्त गर्नुभएको छ ।