Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


रोसिङ्गटन–नीशमको अर्धशतक, पोखराद्वारा लुम्बिनीलाई १५१ रनको लक्ष्य


208
Shares

काठमाडाैं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको पोखराले कमजोर सुरुवात गरे पनि एडम रोसिङ्गटन (८१) र जिमी नीशम (१५१) को ९२ रनको साझेदारीले टीमलाई ५ विकेटको क्षतिमा १५० रनसम्म पुर्‍यायो।

लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई तथा गुलबदीन नाइबले एक विकेट लिए।