Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


राखेपका सदस्य-सचिव घिसिङसहित राखेप बोर्ड सदस्यको बिदाई


221
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङसहित राखेप बोर्ड सदस्यहरूको सम्मानसहित बिदाइ गरिएको छ।

नेपाल सरकारले २०७८ साल मंसिर १३ गते नियुक्त गरेका घिसिङ आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका हुन् । घिसिङसहित राखेप बोर्ड सदस्यहरूकाे बिदाई काठमाडौंस्थित त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा शुक्रबार गरिएको हाे।

साेही कार्यक्रम मा ‘मिशन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरूलाई किट्स वितरण समेत गरिएको थियो।