Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


सल्यानमा विद्यार्थी सवार जिप दुर्घटना: १० जना घाइते


104
Shares

काठमाडाैं। सल्यानमा शैक्षिक भ्रमणमा रहेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

बनगाड कुपिण्डे नगरपालिका-८ काे सडक खण्डमा रा १ ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो करिब १ बजेतिर दुर्घटना भएको हो। उक्त जिपमा बनगाड कुपिण्डे–१२ स्थित श्री गोब्राही प्राथमिक विद्यालय बिरमखोलाका विद्यार्थी तथा शिक्षकहरू शैक्षिक भ्रमणका लागि सवार थिए। आगानेटाबाट कुपिण्डेतर्फ जाँदै गरेको जिप आफैं अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिपमा सवार २० जनामध्ये १० जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। घाइते मध्ये ३८ वर्षीय टोपेन्द्र केसीको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको हाे । अन्यको अवस्था मध्यम तथा सामान्य रहेको छ।

दुर्घटना लगत्तै फरार भएका जिप चालक सल्यान कालिमाटी गाउँपालिका–३ का २९ वर्षीय प्रकाश घर्तीलाई प्रहरीले शुक्रबार दिउँसो २ बजे नियन्त्रणमा लिएको छ। घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक अब्दुल कलाम खाँको नेतृत्वमा प्रहरी टोली खटिएर उद्धार गरेको थियो।

Skip This