Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


स्मार्ट टेलिकमका पीडितलाई अन्यायमा पर्न नदिने सञ्चारमन्त्री खरेलकाे प्रतिवद्धता

लिखित माग ल्याउन पिडितसँग आग्रह

247
Shares

काठमाडाैं। स्मार्ट टेलिकम पिडितहरुले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन्।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार गएर उनीहरुले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरु लामो समयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन्। भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरुले पनि दिएको तर वर्षौं भाडा नतिर्दा टेलिकमबाट आफूहरु पीडित बनेको उनीहरुले बताएका थिए। स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरु पिडित भएको र बसौँसम्म पनि समस्या सामाधन नभएपछि संचारमन्त्री भेट्नुपरेको बताउनुभयाे।

स्मार्ट टेलिकम टावर पीडित संयोजक थापाका अनुसार स्मार्ट टेलिकम खारेजपछि सबै सम्पती नेपाल सरकारले लिएको छ। सरकारले समिति पनि बनाएको छ। त्यो समितिबाट छिटो काम गराएर आफूहरुलाई क्षर्तिपूर्ति दिनुपर्ने उहाँले बताउनुभयो। भेटमा सञ्चारमन्त्री खरेलले यसकाे बारेमा आफू जानकार रहेको बताउँदै समस्या हल गर्नेतर्फ लाग्ने बताउनुभएकाे छ।

सञ्चारमन्त्री खरेलले अझ स्पष्टताका लागि लिखित मागहरु ल्याउन समेत पिडितहरुलाई आग्रह गर्नुभयो ।