Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई


273
Shares

काठमाडाैं। केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो । साेही कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ। नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो।

बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबै भन्दा बढी मूल्य प्रस्ताव गरेकाले कर्पाेरेशनलाइ बैंकले छनाेट गरेको हो । मुद्रण तथा आपूर्ति खर्च दिनुपर्नेछ। राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर (हालको विनिमय दर अनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ।