काठमाडाैं । शेयर बजार परिसूचकनेपाल स्टक एक्सचेञ्ज (नेप्से) हप्ताकाे अन्तिम दिन बिहीबार १० दशमलव ४३ अंकले बढेर बन्द भएको छ।
बजार बन्द हुँदा नेप्से परिसूचक २ हजार ६ सय ७६ विन्दुमा पुगेकाे हाे। केही दिनदेखि नेप्सेले २ हजार ६ सय ५० देखि २ हजार ६ सय ८० को विन्दुमा प्रतिरोध सामना गरिरहेको छ। यो प्रतिरोध पार गरेमा २ हजार ८ सय विन्दुलाई लक्ष्य बनाएर अघि बढ्छ। बजार बढेपनि कारोबार रकम भने थोरैले घटेको हाे।
बुधबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको थियाे। तर बिहीबार भने ६ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको हो। वित्त कम्पनी, उत्पादनमूलक, लघुवित्त, सामूहिक अन्य र व्यापारमूलक समूह घटेका छन्। कारोबारमा आएका ३ सय ३३ लगानी उफकरणमध्ये १ सय ६८ वटाको मूल्य बढेकाे हाे। १ सय ४५ वटाको सेयर मूल्य भने घटेकाे छ। बाँकीको स्थिर रहेकाे हाे।
झापा इनर्जी, सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ। हिमस्टार उर्जाकोको सेयर मूल्य सबै भन्दा बढी ७ दशमलव ७८ प्रतिशतले घटेको हाे। यसदिन सबै भन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी रहेकाे छ।
कम्पनीको करिब ४० करोड १७ लाख रूपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्