Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


दाहाल नेतृत्वकाे नेकपाले थप अर्को पार्टीसँग पनि गर्‍यो एकता, ११ बुँदे सहमति (पत्रसहित)


1.1k
Shares

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले थप एउटा पार्टीसँग पनि एकता गरेको छ।

काठमाडाैंमा बिहीबार एक कार्यक्रमकाबीच नेकपा र डा. विष्णुप्रसाद खनाल नेतृत्वको जनजागरण पार्टी नेपालबीच पार्टी एकता भएको हो। पार्टी एकताका लागि नेकपाका संयोजक दाहाल, सह-संयोजक माधवकुमार नेपाल र जनजागरण पार्टीका अध्यक्ष खनालले ११ बुँदे सहमति पत्मार हस्ताक्षर गरेका छन्।

सहमति अनुसार जनजागरण पार्टीले आफ्नो नाम, झण्डा र चुनाव चिन्ह खारेज गरी नेकपाको विधान र राजनीतिक कार्यदिशा स्वीकार गर्ने जनाएको हाे। जसपाका राजेन्द्र श्रेष्ठ समूह पनि बिहीबारै नेकपामा प्रवेश गरेको थियो। यसअघि नै नेकपा एक दर्जन हाराहारीका ठूला-साना पार्टीहरू मिलेर बनेको थियो।