Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौं रकम सही ठाउँमा लगानी गरौं: अध्यक्ष ढकाल


273
Shares

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने बताउनुभएको छ।

काठमाडाैंमा बिहीबार सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग नभएकोप्रति चिन्ता व्यक्त गर्नुभएकाे हाे। उहाँका अनुसार लगानी गर्नका लागि कार्यविधिउहाँको भनाइ रहेको छ। अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरु अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्नसमेत अध्यक्ष ढकालले आग्रह गर्नुभयो।

अध्यक्ष ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभएकाे छ। उहाँकाअनुसार साना तथा मझौला उद्योगहरुलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ।

औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुरबीचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ। अध्यक्ष ढकालकाअनुसार श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयाे। असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उहाँले बताउनुभएकाे छ।