Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


घट्याे सुनको मूल्य


1.5k
Shares

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो ।

बुधवार २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार घटेर २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

महासंघकाअनुसार चाँदीको मूल्य भने बढेको छ । प्रतितोला चाँदी ६० रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ३ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।