Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


देशभरकाे माैसम सफा रहने


130
Shares

काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली हुनेछ । केही स्थानमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ ।