Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


प्रधानमन्त्री कार्कीले गरिन् सचिवालयका १४ जना सदस्यीय कटौती (विज्ञप्तिसहित)

प्रमुख स्वकीय सचिव आदर्श कायमै, श्रीमती संगीता भने हटाइयाे

3.4k
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गर्नुभएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २६ सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएकाे जनाएकाे हाे। अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ। यी ६ जना पहिले नियुक्त व्यक्तिहरू नै भएको प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयाे।

यस अनुसार यो कटौतीमा पनि प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायम रहनुहुने भएकाे छ। उहाँकी श्रीमती संगीता श्रेष्ठ भने हटाइएकाे छ। अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने भएका हुन्।