Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल कारबाहीमा (सूचीसहित)


0
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४८ वटा सामाजिक सञ्जाल खातालाई कारबाही गरेको छ।

सञ्जाल फेसबुक र युट्युबका ती खाताहरुले अश्लील-उत्तेजक सामग्रीहरु प्रेषित गरिहेको काउन्सिलको विशेष अनुगमनबाट पत्ता लागेपछि कारबाही गरिएको हो।

गलत, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता-स्वाधिनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाई जनमानसमा भ्रम र त्राश फैलाउनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य भएको काउन्सिलले जनाएको छ।