एजेन्सी। हङकङको ताईपोमा अपार्टमेन्ट ब्लक्समा बुधबार आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ।
बीबीसीले भवनहरूबाट आगो र धुवाँको मुस्लो निस्किरहेको दृश्यका कयौं फुटेजहरू देखा परेकाे जनाएकाे हाे। आगलागीलाई सबैभन्दा गम्भीर पाँचौँ स्तरमा राखिएको छ । १३ जना भवनहरू फसेको बताइएको छ। यो विगत १७ वर्षमा हङकङमा लागेको पहिलो ग्रेड ५ स्तरको आगलागी भएकाे जनाइएकाे छ।
९ जनालाई अस्पताल उपचारका लागि लगिएको छ। जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। आगो निभाउने क्रममा ३७ वर्षीय अग्नि नियन्त्रकको मृत्यु भएको हाे। भवनहरू बाहिर रहेको बाँसको मचानबाट आगो फैलिएको बीबीसीले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्