काठमाडाैं। पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठन-पाठन शुरु हुने भएको छ।
बुधबार सोही विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो। गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा विश्वविद्यालयको पठन-पाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको उहाँले बताउनुभयो।
सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले त्रिविको पठन-पाठनका लागि काठमाडौंमा नै आउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न पनि पोखरामा त्यसको च्याप्टर तत्काल स्थापना गर्न लाग्ने र सबै प्रदेशमा त्यसलाई सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम रहेको स्पष्ट पार्नुभयो। त्रिवि पुनर्संरचना गर्ने सरकारको नीति अनुसार सोही काम गर्न लागिएको पनि उपकुलपति अर्यालले बताउनुभएकाे छ।
विश्वविद्यालयको नीति तथा कार्यक्रममा जीर्ण रहेका भौतिक पूर्वाधार निर्माणमा जोड दिने र विश्वविद्यालयको अनुसन्धान विभागहरुलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उल्लेख गरिएको हाे। उपकुलपति अर्यालले विश्वविद्यालयले अनुसन्धानको कामलाई पनि विशेष ढंगले अघि बढाउने योजना तय गरेको बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्