एजेन्सी। थाइल्याण्डमा ३ सय वर्ष यताकै भीषण वर्षा हुँदा करिब ३३ जनाको मृत्यु भएको छ।
साेही वर्षापछि आएको बाढी पहिरोमा परी उनीहरुको मृत्यु भएको हो। बाढीका कारण २० लाख बढी मानिस प्रभावित भएको र दर्जनौं सम्पर्क विहीन रहेको प्रहरीले बताएको छ। वर्षाबाट प्रभावित हजारौं पीडितहरुलाई उद्धार तथा राहतका लागि सैन्य जहाज र हेलिकाेप्टरहरू परिचालन गरिएको हाे।
बाढीका कारण थाइल्याण्डको दक्षिणी भाग बढी प्रभावित बनेकाे छ। मलेसियाको सीमानामा रहेको व्यपारिक केन्द्र हातयाई शहरमा एकै दिन ३ सय ३५ मिलिमिटर वर्षा मापन गरिएको छ। जुन ३ सय वर्ष यताकै भीषण वर्षा भएको बताइएको छ। वर्षाले घर र सडकमा सवारी साधनहरु डुबेको र मानिसहरु उद्धारको पर्खाइमा घरका छतमा बसेका दृश्यहरु सामाजिक सञ्जालमा देखिएका छन् ।
सेनाले दैनिक ३ हजार जनालाई खाना पुर्याउन सक्ने फिल्ड किचेनहरू उपलब्ध गराएको बताएकाे हाे।





प्रतिक्रिया दिनुहोस्