Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


पार्टीकाे ११ औं महाधिवेशन भक्तपुरमा गर्ने एमालेकाे निर्णय

उद्घाटन पछिका बन्दसत्र भने भृकुटीमण्डपमै गरिंने

663
Shares

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटनसत्र भक्तपुरको सल्लाघारीमा गरिने भएको छ।

बुधबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले यहि मंसिर २७-२९ का लागि तय भएको महाधिवेशनको उद्घाटन सत्रको स्थान भृकुटी मण्डपबाट भक्तपुरको सल्लाघारीमा सार्ने निर्णय गरेको हो। काठमाडौंको भृकुटीमण्डपमा स्थान साघुँरो हुने भएकाले उद्घाटन सत्र सारिएको जनाइएको छ। बाँकी बन्दसत्र लगायतका कार्यत्रम भने भृकुटीमण्डपमा नै गरिने भएको छ।

बैठकमा महाधिवेशनको मूल नारासमेत तय गरिएको हाे। महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरिएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताउनुभयो।

आफूहरुले संवैधानिक हिसाबले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको पनि उहाँले बताउनुभएकाे छ। एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणको लागि निवेदन दिइसकिएको उहाँको भनाइ थियाे। प्रमुख गौतमले सरकार शान्ति सुरक्षामा संवेदनशील नरहेको बताउनुभएकाे छ।

निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको सकेत उहाँले दोहोर्याउनुभयो।