Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्याे


0
Shares

काठमाडाैं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिचेकाे छ।

राष्ट्र बैंकका अनुसार बुधबार मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिचेकाे हो। उक्त निक्षेप आगामी पुस २३ गतेसम्म रहेने राष्ट्र बैंकले जनाएको छ। घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्ने भएकाे हाे।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।