Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


आफैलाई आगो लगाएका पुरुषको उपचार क्रममा मृत्यु


0
Shares

काठमाडौं ।
सर्लाहीमा आफैलाई आगो लगाएका एक पुरूषको उपचार क्रममा मृत्यु भएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमेमा अन्दाजी मोरङ घर भएका ५५ सूर्यप्रसाद पोखरेलले मंगलबार बेलुकी ७:४० बजे शरीरमा पेट्रोल छरेर आफैलाई आगो लगाकाे प्रहरी जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जलिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेलुकी ८ बजे प्रहरी घटनास्थल पुगेको प्रहरीले जलेर गम्भीर घाइते भएको अवस्थामा रहेको पोखरेलले उपचारका लागि सिटी हेल्थ केयर लालबन्दीमा पुर्‍याएको थियो।

उनको ९० प्रतिशत शरीर जलेको र थप उपचारका लागि ९ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। उपचार बुधबार बिहान २: १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।