Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


तेह्रथुममा १ करोड लगानीमा व्यवसायिक कृषि फार्म सञ्चालनमा

स्थानीय नागरिकलाई रोजगारीसँगै उत्पादनमा जोड्ने लक्ष्य

221
Shares

तेह्रथुम। कृषि प्रधान देश नेपालमा यो क्षेत्रलाई व्यवसायिक बनाउँन नसक्दा रोजगारी सिर्जना गर्न सकेको छैन ।

कृषि क्षेत्रलाई व्यवसायिक भन्दा परम्परागत रुपले सञ्चालन गरिँदा यो पेशाबाट बाहिरिने नेपालीको सङ्ख्या पनि उल्लेख्य छ। तर पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा कृषिको आधुनिकीकरणका लागि सरकारी तथा व्यक्तिगत प्रयास भइरहेका छन् । जसले रोजगारीसँगै आन्तरिक उत्पादनमा बढ्वा दिएको हाे।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-४ स्थीत श्रीजुङमा व्यवसायीक कृषि फर्म सञ्चालनमा आएको छ। करिब १ करोड रुपैयाँको लगानीमा सञ्चालित ‘मेन्छ्यायेम श्रीजुङ’ फार्मले व्यवसायिक बाख्रा पालन तथा तरकारी खेतीमा काम गरिरहेको छ। स्थानीय स्तरमा युवालाई उद्यमशीलता सिकाउँदै रोजगारीसँग जोड्ने लक्ष्यका साथ कृषि फार्म सञ्चालन गररिएको सञ्चालक ईन्द्र लुम्फुङवाको भनाइ छ ।

रोजगारीका लागि विदेश गइरहेका युवालाई गाउँमा नै रोक्ने सानो प्रयास स्वरुप कृषि फार्म सञ्चालनमा ल्याएको हो । सक्रिय युवाहरुको सहभागितामा सञ्चालनमा आएको यो फर्मले रोजगारी सिर्जना र आन्तरिक उत्पादनमा सहयोग पुग्ने सरकारी विश्वास छ। उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यका साथ शुरु हुने यस्ता परियोजनाले रोजगारीको पनि सिर्जना गर्ने कोशी प्रदेशका प्रमुख परशुराम खापुङको विश्वास छ।

स्थानीय तहमा रोजगारी, उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई जोड दिने उद्यमको रूपमा मेन्छ्यायेम श्रीजुङ प्रालl अहिले गाउँका युवाका लागि प्रेरणादायी मोडेल बन्दै गएको छ। रोजगारीमा स्थानीयलाई प्राथमिकता दिएको यो फर्मबाट गाउँलेहरु पनि खुसी भएको स्थानीय तेजबहादुर बस्नेतले बताउनुभयाे।

युवाको लगानी र स्थानीयको सहयोगमा सञ्चालिन यो फर्मले तेह्रथुमको ग्रामिण भेगमा रोजगारीको सिर्जना गरेको छ। आधुनीक यन्त्रहरुको प्रयोग मार्फत कृषि क्षेत्रको विकासमा लागेको मेन्छ्यायेम श्रीजुङ प्रालिले व्यवसायिक सञ्चालनमा लागि स्थानीयको लगानीमा पनि जोड दिने बताएको छ।