Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


देश अहिले अफ्ठ्यारो स्थितिमा छः संयोजक दाहाल


208
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ।

काठमाडाैंमा मंगलबार मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे बताउनुभएको हो। गत भदो २३ र २४ गतेको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको उल्लेख गर्नुभयो। २४ गतेको विध्वंशपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको उहाँकाे भनाइ छ। राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाती-धर्म र संस्कृतिका व्यक्तिहरुको योगफल भएको उहाँले बताउनुभयो।

त्यस्तै, सह-संयोजक माधवकुमार नेपालले देशलाई जोगाउन सबैले प्रयास गर्न जरुरी रहेको बताउनुभयो। विभिन्न समयमा भीडलाई उत्तेजक बनाउने तत्वहरु सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्नेमा उहाँकाे जाेड छ। सबै भन्दा पहिला नेपाली हाैं भन्ने भावना जागरुक गर्न जरुरी रहेको उहाँले बताउनुभयो।

सह-संयोजक नेपालले मुस्लिम समुदायमा अघि बढ्ने सम्भावना भएकाहरुलाई आफूहरुले अग्रसर गरिरहेको बताउनुभएकाे छ।