Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


निजामति क्षेत्रमा मुख्यसचिव अर्यालले दिएको योगदान अनुकरणीय: प्रधानमन्त्री कार्की


377
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ।

बुधबारदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य सचिव अर्यालको बिदाईका लागि मंगलबार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उहाँको भनाइ छ। अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिवद्धता, कार्यशैलीमा देखिएको अनुशासन र दीर्घ अनुभवले निजामति सेवामा महत्वपूर्ण छाप छोडेको उहाँले उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीले अर्यालसँग अझै २० काम गर्नसक्ने क्षमता रहेको समेत उल्लेख गर्नुभयो। उहाँले अर्यालसँग काम गर्दा आफ्नै भाइ जस्तो महशुस गरेको कारण कार्य सम्पादनमा सहजता भएको पनि उल्लेख गर्नुभएकाे छ।