Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको छ: सञ्चारमन्त्री खरेल

निर्वाचनको विरोध गर्ने दल समेत दर्ता भइसक्याे, अब शंका नगरौं

377
Shares

काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताउनुभएकाे छ।

सिंहदरबारमा मंगलबार मन्त्रिपरिषद बैठककाे निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरु समेत तयार भइसकेको बताउनुभएकाे हाे। सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको उहाँकाे भनाइ छ।

निर्वाचनको विरोध गर्ने दल समेत दर्ता भइसकेकाले निर्वाचनमा आशंका नगर्न उहाँले आग्रह गर्नुभएकाे हाे। मन्त्री खरेलले मतदाता नामावली सङ्‍कलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिइसकेको र सुरक्षा योजना समेत तयार भइसकेको उहाँकाे दावी छ।

मन्त्री खरेलले अहिलेको सरकार जेनजी आन्दोलनको जगमा बनेकाले प्रधानमन्त्री सुशीला कार्कीले जनेजी युवाहरुलाई प्राथमिकतामा राखेको समेत बताउनुभयाे।