Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेकपाको एकता सन्देश सभाले निर्वाचनको लागि दबाब सिर्जना गर्ने संयोजक दाहालकाे दावी


182
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले यहि मंसिर १२ गतेदेखि आफूहरुले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागी दबाब सिर्जना गर्ने बताउनुभएको छ।

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेकपा मोवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका विभिन्न कम्युनिष्ट घटक दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखि विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताउनुभयो।

एकता सन्देश सभामा लाखौं जनता उपस्थिति हुने उल्लेख गर्दै उहाँले त्यहाँबाट निर्वाचनको वातावरण बनाउन जनता र राजनितिक दललाई अपिल गर्ने बताउनुभएकाे छ। संयोजक दाहालले एकता सन्देश सभाले सरकारलाई पनि निर्वाचनको गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना हुने दावी गर्नुभयाे। हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरु अगाडी बढ्ने उहाँले बताउनुभएकाे छ।

संयोजक दाहालले देशभक्त वामशक्तिहरु नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुँदै जाने पनि बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरुको आकर्षण रहेको पनि दावी गर्नुभउकाे छ।