काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ।
काठमाडौंमा मंगलबार एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले यस्ताे बताउनुभएको हो। प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताउनुभयो । उहाँले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पार्नुभयो।
आफू सरकारमा आएको करिब २ महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरुलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उहाँको दावी थियो । प्रधानमन्त्री कार्कीले महिलाहरुको उपदेयता हुने ठाउँमा उनीहरुलाई नियुक्त गरेर अघि बढने बताउनुभएकाे छ। उहाँले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताउनुभयो ।
साेही अवसरमा प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यका लागि गरिबी निवारण र समाजलाई जगाउने कुरालाई निरन्तर अघि बढाउन आवश्यक रहेको बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्