काठमाडौँ ।
मंगलबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार सोमबार प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको छ।





प्रतिक्रिया दिनुहोस्