Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


रास्वपाकाे काठमाडौंका सभापति विष्टले लिए राजीनामा फिर्ता


2.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिनुभएकाे छ।

उहाँले पदबाट दिएको राजीनामा सोमबार फिर्ता लिएको रास्वापाले जनाएको हाे। यसअघि उहाँले ‘पार्टी छोडेको होइन र काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको बताउनुभएकाे थियाे।

राजीनामा दिनुअघि उहाँले जिल्ला कार्यसमितिको बैठक बोलाउनुभएकाे थियाे। बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएता पनि उहाँले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताउनुभएकाे थियाे।

पार्टीको प्रचलन अनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएका विष्टले साेमबार राजीनामा फिर्ता लिनुभएकाे हाे। विष्ट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं-१० बाट उम्मेदवार बन्नुभएकाे थियाे।