काठमाडाैं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार राति भएकाे खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेकाे हाे। सुदूरले दिएको १ सय ४० रनको लक्ष्य पच्छ्याएको कर्णाली याक्स १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा समेटिन पुग्यो। कर्णाली याक्सले सुदरपश्चिम रोयल्सले दिएको लक्ष्य भेट्न सकेन।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।





प्रतिक्रिया दिनुहोस्