Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा हालसम्म ६१ दल दर्ता


351
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिनुभएको हो। हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १ सय ३२ छ। निर्वाचनमा अधिकतम दलको सहभागिता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेकोउहाँले बताउनुभयो। प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको म्याद यहि मंसिर १० गतेसम्म रहेको छ।

प्रवक्ता भट्टराईले प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएको जानकारी गराउनुभयो। प्राप्त भएका निवेदनउपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूको मतदाता नामावली प्रकाशित गरिने छ। प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मंसिरर २१ देखि २७ गते सच्चाउन सकिने समेत प्रवक्ता भट्टराईले बताउनुभयो।

आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ।