Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


जेनजी समूह प्रधानमन्त्री कार्की भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्कियाे

प्रधानमन्त्री कार्कीले मोबाईल फोन समेत स्विच अफ गरेर बसेकाे जेनजी युवाकाे गुनासाे

650
Shares

काठमाडाैं। मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएकाे छ।

उनीहरुले प्रधानमन्त्रीलाई भेटनका लागि साेमबार दिनैभरी सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाईल फोन नै स्विच अफ गरेर सम्पर्क समेत गर्न नचाहेको भन्दै खेद समेत व्यक्त गरेका हुन् । प्रधानमन्त्रीकाे सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरु गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन्।

उनीहरुले जेनजीहरुको आवाज सुन्ने धैर्यता राख्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीले समेत मोबाईल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेनजी अभियन्ता सुशील बुढोथोकीले बताउनुभयो।

ढुंगाना समूहले सुशासनको पक्षमा कामै गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने निष्कर्षसहितको ज्ञापन पत्र प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी गरेको थियो । तर टेलिफोन सम्पर्क नै हुन नसकेपछि सोही समूहले सिंहदरबार दक्षिण गेटमा नै आफूहरुको ज्ञापन पत्र भित्तामा टाँसेर फर्किएको छ।

अभियन्ता बुढाथोकीले प्रधानमन्त्री कार्कीले आफूहरुसँग सम्पर्कमा आउन नचाहनुको कारण स्पष्ट पार्नुपर्ने माग समेत गर्नुभयो।