Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बलिउड अभिनेता धर्मेन्द्रको निधन


1.2k
Shares

एजेन्सी। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ।

८९ वर्षकाे उमेरमा धर्मेन्द्रको साेमबार निधन भएकाे न्यूज एजेन्सी आईएनएसले सार्वजनिक गरेको हो।धर्मेन्द्रले सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा अन्तिम श्वास लिएका थिए। उनको अन्तिम संस्कार विले पार्लेस्थित श्मशानभूमिमा जारी छ। जहाँ अमिताभ बच्चन, आमिर खानसहित अधिकांश सेलिब्रिटीहरू पुगेका छन्।

धर्मेन्द्रको निधनपछि श्रद्धाञ्ली दिन बलिउडका हस्तीहरू अन्तिम संस्कारस्थलमा सहभागी भइरहेका छन् । संवाद लेखक तथा सलमान खानका पिता सलीम खान विले पार्ले श्मशानभूमि पुगेका हुन्। उता करण जोहरले धर्मेन्द्रको निधनलाई एक युगको अन्त्य भएकाे बताएका छन् ।

जोहरले धर्मेन्द्रको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली दिएका हुन्।