Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


जेनजी मुभमेन्टद्वारा प्रधानमन्त्री कार्कीकाे राजीनामा माग


0
Shares

काठमाडौँ ।

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरु लिन थालेको र सरकार भ्रष्टाचार, पक्षपात तथा कुशासनमा फसेको आरोप लगाउँदै त्यसलाई बहिष्कार गर्न माग गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै संगठनले उर्जामन्त्री कुलमान घिसिङबाट ४३ करोड रुपैयाँ नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट प्रदान गरेको, महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब बिक्रीमा संलग्न भएको, प्रधानमन्त्री कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति गरेको तथा गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआईजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर दुराचार गरेको आरोप लगाएको छ।

जेनजी मुभमेन्टका अनुसार विद्रोहका आदर्श तथा सुशासनका लागि बलिदान दिएका सहिद–घाइतेहरूप्रति अपमानजनक व्यवहार गर्दै सरकारले नैतिकता र जनविश्वास गुमाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले तत्काल पदबाट राजीनामा दिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, सत्ता दुरुपयोग गरेर बनेको कार्की नेतृत्वको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिष्कार गर्दै अवज्ञा गर्न हामी देशभरका नागरिकलाई आह्वान गर्दछौँ।’