Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


एनपीएल: आज दुई खेल हुँदै


0
Shares

काठमाडौँ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

आज जनकपुर बोल्ट् र विराटनगर किंग्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । जनकपुर र विराटनगरको खेल कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदानमा बिहान ११ः४५ बजे तथा कर्णाली र सुदूरपश्चिमको खेल अपराहन ४ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा पहिलो खेल गुमाएको जनकपुरले आज दोस्रो खेल खेल्दैछ भने विराटनगरले तेस्रो खेल खेल्दैछ । दुवै खेलमा विराटनगरले जित निकालेको छ । यस्तै कर्णालीले एकमा जित र एकमा हार बेहोरेको छ । सुदूरपश्चिम भने दुवै खेलमा विजयी भएको छ ।

हालसम्मको अङ्कतालिकाअनुसार दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स चार–चार अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् ।

मङ्सिर १ गतेदेखि सुरु एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । मङ्सिर २७ गते फाइनल हुनेछ ।