Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


भियतनाममा बाढीकाे वितण्डा


0
Shares

काठमाडौं ।

भियतनाममा अविरल वर्षापछि आएको बाढीमा परी कम्तिमा ९० जनाको ज्यान गएको छ भने १२ जना वेपत्ता भएका छन् ।

बाढीबाट एक लाख ८६ हजार घरमा क्षति पुगेको । यस्तै करीब ३० लाख वस्तुभाउ बाढीमा बगेका छन् । बाढीबाट अहिलेसम्म करोडौं डलर बराबरको क्षति भएको भियतनाम सरकारले जनाएको छ ।

पहाडी प्रान्त डाक लाक बाढीबाट नराम्रोसंग प्रभावित भएको छ । त्यहाँ मात्रै ६० जनाको ज्यान गएको छ । बाढीबाट सडक र रेलवे सञ्जाल क्षतविक्षत भएको छ भने साढे दुई लाख बढी मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ । अधिकांश क्षेत्रमा डेढ मिटरसम्म पानी जमेको छ भने कतिपय क्षेत्रमा त पाँच मिटरसम्म पानी जमेको अधिकारीहरुले बताएका छन् ।