काठमाडौं ।
राजधानी काठमाडौंसहित देशभर यतिबेला जाडो बढ्न थालेको छ ।
राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार पुग्नेहरुको भीड बढ्दो छ । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ ।
दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौंमा हिटर, गिजर,एसी लगायतका विद्युतीय सामग्रीको व्यापार बढेको हो । मंसीर सुरु नहुँदै बढेको हिटर, गिजरको व्यापार दोस्रो साताको सुरुवातसम्म आइपुग्दा तिव्र हुन थालेको व्यवसायीहरूको भनाई छ । जाडो बढ्ने क्रम चलेकाले हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको ब्यापारमा थप वृद्धि हुने व्यापारीहरुको भनाई छ ।
काठमाडौं विद्युतीय व्यवसायी संघका अनुसार नाम र कम्पनी अनुसार हिटर तथा एसीकाृे मुल्य पनि फरक फरक छ । उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा आधिकारीक डिलर, व्यवसायीमार्फत जानकारी लिएरमात्रै किन्नुपर्ने संघको सुझाव छ ।
संघका अध्यक्ष मिलन सिवाकोटीका अनुसार अघिल्लो बर्षको तुलनामा यस वर्षको जाडोमा ५० प्रतिशत सम्मको व्यापार बढ्नसक्ने अनुमान छ ।





प्रतिक्रिया दिनुहोस्