Logo २३ पुस २०८२, बुधबार | Thu Jan 8 2026


प्राध्यापकको लापरबाही: एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने: मन्त्री पुन

विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न ९ महिना बढी समय लाग्ने प्रविधिकाे अन्त्य गर्न जरूरी

442
Shares

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरुको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताउनुभएको छ।

भक्तपुरमा आइतबार विश्वविद्यालय अनुदान आयोगको ३२ औं वार्शिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो। चार-पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न ९ महिना भन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उहाँले यसको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो।

मन्त्री पुनले विश्वविद्यालयहरुबीच सम्बन्धन दिनमा मात्रै केन्द्रित हुँदा शिक्षाको गुणस्तरु खस्कदै गएको पनि बताउनुभएकाे छ। खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेकाे समेत उहाँले बताउनुभयाे।