Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


यमनमा जासुसी गरेकाे आरोपमा १७ जनालाई मृत्युदण्डकाे सजाय


1.2k
Shares

एजेन्सी। यमनमा हुथी नियन्त्रित विशेष फौजदारी अदालतले विदेशी सरकारका लागि जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ।

इरान समर्थित हुथी प्रशासनद्वारा सञ्चालित साबा समाचार एजेन्सीले शनिबार सार्वजनिक रूपमा फायरिङ स्क्वाडद्वारा सजाय कार्यान्वयन गर्ने फैसला सुनाएको जनाएकाे हाे। साेही निर्णयलाई हुथीहरूले विदेशी एजेन्सीका स्थानीय कर्मचारीहरूमाथि वर्षौंदेखि गर्दै आएको कठोर दमनको पछिल्लो उदाहरणका रूपमा लिइएको छ।

अदालतले दोषी ठहरिएका व्यक्तिहरूलाई ‘अमेरिकी, इजरायली र साउदी गुप्तचर निकायसँग सम्बद्ध जासुसी सञ्जालभित्र सक्रिय’ रहेको दावी गर्दै उनीहरूले २०२४–२०२५ को अवधिभर यमनसँग शत्रुतामा रहेका विदेशी राज्यहरूसँग संवेदनशील जानकारी आदानप्रदान गरेको आरोप लगाएकाे छ।