Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भियतनाममा भीषण बाढीमा परी ९० जनाको मृत्यु


325
Shares

एजेन्सी। भियतनाममा निरन्तर परेको भारी वर्षा र बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा ९० जनाकाे मृत्यु भएकाे छ।

अधिकारीहरूले आइतबार धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेकाे समेत बताएका हुन्। गत अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम निरन्तर वर्षाको ठूलो प्रभावमा पर्दा लोकप्रिय पर्यटकीय सीमानाका सहरहरूमा बारम्बार बाढी ल्याई करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको छ।

तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र डुबानमा परे भने प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भू-भागमा घातक भूस्खलन भएको छ। डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सीले बाढीका कारण आफू र आफ्नी श्रीमती २ रातसम्म छतमा फस्नुपरेको बताएका हुन्।