Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


दृष्टिविहीन महिला टी-२० विश्वकपको उपाधि भारतले जित्यो

नेपाल भने ७ विकेटले पराजित

0
Shares

काठमाडाैं। दृष्टिविहिन महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भीडन्तमा नेपाल पराजित भएको छ।

श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो। प्रतियोगिताको उपाधि भारतले जित्दा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको छ। शनिबार भएको सेमिफाइलन खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो।

भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे थियाे।