Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज: पूर्वप्रधानमन्त्री भट्टराई


234
Shares

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताउनुभएको छ।

काठमाडौंमा आइतबार आयोजित सोही पार्टीको घोषणा सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो। पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गर्नुभयो। प्रलेपालाई जेनजी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उहाँको जिकिर थियो। जेनजी पुस्ताको आवाज र मागलाई सोही पार्टीले पूरा गर्नुपर्नेमा उहाँकाे जाेड छ।

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरु मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत बताउनुभयो । –